Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा आजदेखि दादुरा रुबेला बिरुद्धको खोप अभियान शुरु


3K
Shares

गोरखामा आजदेखि दादुरा रुबेला बिरुद्धको खोप अभियान शुरु

गोरखा १, चैत – गोरखा जिल्लामा दादुरा रुबेला बिरुद्धको खोप अभियान शुरु भएको छ । जिल्लाका ११ वटा स्थानीय तहहरु मध्ये पहिलो चरणमा ५ वटा स्थानीय तहहरुमा शनिबारदेखि अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख बिद्या तामाङले जानकारी दिनुभयो ।

‘पहिलो चरणको कार्यक्रम शनिबारदेखि चैत ६ गतेसम्म अभियान सञ्चालन हुन्छ, उहाँले भन्नुभयो, जसअन्र्तगत जिल्लाको सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेन थापा गाँउपालिकामा खोप अभियान शुरु गरिएको हो ।’

खोप अभियान शुरु भएका स्थानीय तहहरुको सवै खोपकेन्द्रमा ९ बर्षदेखि ५बर्षमुनीका बालबालिकाहरुलाई दादुरा रुवेला बिरुद्धको खोप लगाइने निमित्त प्रमुख तामाङले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न कार्यालयले खोप कार्यकर्ता, स्वास्थ्य स्वयमसेविका, खोप व्यवस्थापन केन्द्रमा संयोजक तोकि तालिम दिएर परिचालन गरेको उहाँले बताउनुभयो ।

‘दादुरा रुबेला बिरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर ३ सय १ खोपकेन्द्र तोकिएको छ भने ६ सय २१ जना स्वयसेवक, २६० जना खोप कार्यकर्ता र २ सय ६६ जना स्वास्थकर्मी परिचालन गरिएको छ ।’ निमित्त प्रमुख तामाङले भन्नुभयो । अभियान अन्र्तगत जिल्ला भित्र ९ महिनादेखि ५ बर्ष भित्रका २० हजार ६ सय २० जना बालबालिकालाई खोप लगाइने उहाँले बताउनुभयो ।

‘अभियान सञ्चालन गर्दा अन्य नियमित खोपलाई प्रभावित नहुने गरी गरेका छौ, तामाङले भन्नुभयो, खोप लगाउनु पर्ने कोही पनि बालबालिका नछुटोस् भनेर खोप सेवाको कम पहुँच भएका बिकट क्षेत्रलाई समेत बिशेष ध्यान दिएका छौ ।’ तामाङका अनुसार जिल्लामा बाँकी रहेका अन्य गाउँपालिकाहरुमा चैत १५ गतेदेखि २१ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुनेछ ।

दोस्रो चरणमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका र शहिदलखन गाउँपालिकामा अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । खोप लगाउने बालबालिकाहरु नछुटोस भन्नका लागि सम्बन्धित गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुले केही पनि बालबालिका नछुटेको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको कार्यालले जनाएको छ ।

‘खोप कार्यक्रम सञ्चालन हुनुभन्दा ३ दिन अघि नै खोप लगाउनु पर्ने बालबालिका भएका सवै घरमा खोप लगाउनका लागि निमन्त्रणा कार्ड पठाई सकिएको उहाँले बताउनुभयो । ‘त्यहीँ निमन्त्रणा कार्डका आधारमा खोप लगाउन बालबालिका छुट्यो वा छुटेन भनेर जानकारी पनि लिन सकिन्छ, उहाँले भन्नुभयो, खोप लगाउन आउने बालबालिकाहरुलाई खोप कार्ड समेत भरिने हुनाले नियमित खोप पुरा भए नभएको रेकर्ड समेत कार्यालयले राख्नेछ ।’

गोरखा जिल्लामा सन् २०१७ मा एक जनामा दादुरा रुवेला रोग देखा परेको भएपनि त्यस यता कुनैपनि बालबालिकामा त्यो समस्या नदेखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology