Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाका कारण अमेरिकी राष्ट्रिय आपतकाल घोषणा


2.6K
Shares

कोरोनाका कारण अमेरिकी राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गर्नुूभएको छ।

कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उहाँले राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको हो ।

ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताउनुभयो । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास लिइएको छ ।

ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताउनुभयो । ट्रम्प प्रशासन बृहत कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै आलोचना हुंदै आएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरूलाई आपतकालीन तयारी योजनाहरू सक्रिय गर्न भनिएको छ । ५ लाखसम्म थप कोरोनाभाइरस परीक्षणहरू अर्को हप्ताको सुरूमा उपलब्ध बताइएको छ ।

ट्रम्पले यसअघि पनि धेरै राष्ट्रिय आपतकाल घोषणा गरिसक्नु भएको छ। तर महामारीविरुद्ध लड्ने यो आदेश भने स्वाइन फ्लूविरुद्ध बाराक ओबामाले घोषणा गरेको आपतकाल पछिको पहिलो हो ।

अमेरिकामा कोविड नाइन्टिनका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय १ जना संक्रमित छन् । धेरै राज्यहरूले संक्रमण रोक्न ठूला जमघटमा प्रतिबन्ध, खेलकुद प्रतियोगिता र शिक्षण संस्था बन्द गर्ने लगायतका निर्णयहरु गरेका छन् ।

गत डिसेम्बरमा चीनबाट यो भाइरस फैलिए पनि अहिले युरोप विश्वव्यापी महामारीको केन्द्र बनेको छ । धेरै युरोपेली मुलुकहरुले संक्रमित र मृत्यु हुनेको संख्या बढेको बताएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा २ सय ५० जनाको मृत्यु भएको छ । त्यहां अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ सय ६६ र १७ हजार ६६० जना संक्रमित भएका छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology