Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ पुग्यो


2.6K
Shares

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ पुग्यो

एजेन्सी – भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा एक ६२ वर्षीया महिलाको मृत्यु भएको समाचार संस्था पिटिआइले जनाएको छ । दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार मृतक महिलामा कोरोना भाइरसको संक्रमण थियो । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले महिलामा कोरोना भाइरसका साथसाथै अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गर्नुभयो ।

केन्द्र सरकारद्वारा जारी एक वक्तव्यमा भनिएको छ कि कोरोना भाइरसका कारण ६२ वर्षकी ती महिलामा पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्या थियो । सरकारले भनेको छ कि ती महिलाका छोरा ५ फरवरीदेखि २२ फरवरीसम्म विदेशमा थिए र २३ फरवरीमा उहाँ स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्कनु भएको थियो ।

छोरा भारत फर्केका दिन ती महिला स्वस्थ हुनुहुन्थ्यो । तर एक दिनपछि उहाँमा ज्वरो र खोकीको लक्षण देखियो । उहाँलाई मार्च ७ मा दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भर्ना गरियो ।

मार्च ८ मा परीक्षणका लागि मृतक महिलाको पनि नमूना संकलन गरियो र उहाँको परीक्षणमा कोरोना पुष्टि भयो । दिल्ली सरकार र स्वास्थ्य मंत्रालयका अनुसार महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षणको काम भइरहेको छ र केही दिनका लागि उनीहरुलाई अरु मानिसहरुको सम्पर्कमा रहन दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology