सिमकोट । चैत्र ६ गतेबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्रमा हेल्प डेस्क स्थापना हुने भएको छ
। स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गरिने सिमीकोटका प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई जानकारी दिनुभएको हो । कोरोना भाइरसले विश्वलाई सन्त्रासमा पारिरहेको यसको लक्षण विद्यार्थीहमा देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै परीक्षणका लागि उक्त व्यवस्था गर्न लागिएको उहाँको बताउनुभयो ।
एसइई परीक्षा समन्वय समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी भट्टराईले परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको र निर्णयलाई कार्यान्वयन गर्न सबै गाउँपालिकालाई अनुरोध गरिने पनि बताउनु भएको हो ।
हेल्थ डेस्क एसइई परीक्षा अवधिभर सञ्चालन गरिने स्वास्थ्य कार्यलय सिमीकोटले जानकार िदिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले आफ्नो गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र रहेको बताउनु भएको छ । लामाले त्यहाँ करिब चार सय परीक्षार्थी तथा केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मीको उपस्थिति हुने भएको कारण पालिकाले पनि कोरोना भाइरसबाट बच्नका लागि केही उपाय अपनाउने बताउनु भयो ।
परिक्षार्थीलाई कोरोना भाइरसको सन्त्रासबाट मुक्त राख्नु पर्ने भएकोले यसतर्फ ध्यान पुर्याउनु पर्ने लामाले बताउनु भएको हो । यस पटकको एसइई परीक्षामा हुम्ला जिल्लाका एक हजार ३७ जना परीक्षार्थीहरुले परीक्षामा सहभागिता जनाउँदैछन्। त्यसका लागि हुम्ला जिल्लामा ६ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ ।
आफ्नो गाउँपालिका भित्र परेको परीक्षा केन्द्रमा पनि पालिकाले छुट्टै सुरक्षाको व्यवस्था गर्न सक्नेछन्।