Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकार भ्रमण बर्षलाई पुर्नसंरचना गर्न तयार छ मन्त्री भट्टराई


1.8K
Shares

सरकार भ्रमण बर्षलाई पुर्नसंरचना गर्न तयार छ मन्त्री भट्टराई

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल पर्यटन वर्ष–२०२० बारे शुक्रबार छलफल भएको छ । माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भ्रमण वर्ष नै प्रभावित हुने संकेत देखिएको हो । भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने तयारी गरेको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो । मुलुकभित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु कोरोना भाईरसको संक्रमणका कारण स्थगित गरिएको मन्त्री भट्टराईले बताउनुभयो ।

भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना गर्न लागेको पनि मन्त्री भट्टराईले बताउनुभयो । मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अबधिलाई पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताएका बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology