दैलेख । स्यालको आतंङ्क बढेपछि लखेट्न पड्काएको बन्दुकको गोली आफैंलाई लागेर एक युवक घाइते भएका छन् । दैलेखको नौमूले गाउँपालिका २ बस्ने बिर्खबहादुर शाही घाइते भएका हुन् ।
बाख्रा चराउन जंगल लैजादा स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि शाहीले स्याल लखेट्न पड्काएको बन्दुक आफैंलाई लागेको प्रहरीले बताएको छ । उनको खुट्टा र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय दैलेखका निमित्त प्रमुख नैनबहादुर साँवदले जानकारी दिनुभयो ।
घाइते शाहीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याइ सामान्य उपचार पछि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको निमित्त प्रमुख साँवदले बताउनुभयो । घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान थालेको उहाँले बताउनुभयो ।