Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भेला रोक्न देउवाको निर्देशन :कोइराला भन्छन् भेला रोक्न होइन, कोरोनाबाट बच्ने उपाय बताईदिनु भन्नुभएको हो ?


3.1K
Shares

गोरखामा भेला रोक्न देउवाको  निर्देशन :कोइराला भन्छन् भेला रोक्न होइन, कोरोनाबाट बच्ने उपाय बताईदिनु भन्नुभएको हो ?

गोरखा ३०, फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलनहरु रोकिएका बेला गुटको भेला गर्दै हिँडेको भन्दै नेता डा.शेखर कोइरालालाई काठमाडौं फर्किन निर्देशन दिएको छ । कांग्रेस कार्यकर्ता भेटघाट गर्ने क्रममा गोरखा आइपुग्नु भएका डा. कोइरालालाई सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रवक्ता विश्वप्रकाश शर्माले सबै भेला बैठक रोकेर काठमाडौं फर्किन भनिएको स्रोतले बताएको छ ।

डा. शेखर कोइराला सभापतिका दाबेदार हुनुहुन्छ । उहाँले देशभर पुगेर कार्यकर्ता भेटघाट गरिरहनु भएको छ। यही सिलसिलामा उहाँ शुक्रबार गोरखा आइपुग्नु भएको छ । गोरखामा शुक्रबार कांग्रेसका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिका सभापति, भातृ संगठन, स्थानीय तह र वडा सभापतिहरुलाई पार्टीको नयाँ विधानबारे जानकारी गराउने कार्यक्रम अन्र्तगत गोरखा आउनु भएको हो ।

पार्टीले कोरोना विरुद्धको अभियानमा सरकारलाई सहयोग गरेर औपचारिक कार्यक्रम रद्द गरेका बेला केही नेताले गुटका भेला गर्दै हिँडेपछि मौखिकरुपमा तत्काल काठमाडौं फर्किन निर्देशन दिइएको देउवा निकट स्रोतले जनाएको छ । ‘‘यस्तो बेलामा तपाई आफैं चिकित्सकजस्तो मान्छे कोरोनाका  बारेमा जनचेतना जगाउनुपर्नेमा गुटको भेला गर्दै हिँड्न सुहाउँदैन भनेर सम्झाइएको हो’ स्रोतले भन्यो । केन्द्रीय कार्यालयले डा.कोइरालालाई सभा सम्मेलनहरु नगर्ने भनी पार्टीले जारी गरेको परिपत्रबारे पनि सम्झाएको छ ।

कोइरालाका स्वकिय सचिव थपलिया भन्छन् : भेला रोक्न होइन, कोरोनाबाट बच्ने उपाय बताईदिनु भन्नुभएको हो ?

यता नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी नेतृत्वबाट काठमाडौं फर्कन निर्देशन नआएको स्पष्ट पार्नुभएको छ। कोइराला पूर्व निर्धारित कार्यक्रम अनुसार गोरखाको कार्यक्रममा सहभागी रहनु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको पूर्व सचेतताका लागि पार्टीको कार्यक्रम स्थगित गरिएको जनाउँदै राजधानी फर्कन दबाब दिएको समाचार आएपछि डा. कोइरालाले प्रष्टाउनु भयो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भन्नुभयो, ‘तपाईले जिल्लाका साथीहरुलाई कोरोना भाइरसबाट बच्ने उपायहरु पनि बताईदिनुहोला भन्नुभएको हो।’गोरखाअघि सिरहा र धनुषा पुगेका नेता कोइरालाले त्यहाँका कार्यक्रममा समेत कोरोनाको संक्रमणबाट बच्ने उपाय कार्यकर्तामाझ राखेका थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology