काठमाण्डौ । दोस्रो चरणको चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले ८ लेनको मुख्य सडकसँगै दायाँबायाँ बन्ने ट्र्याक रोड र फूटपाथ निर्माणका लागि अर्थ मन्त्रालयसँग लगानीको प्रस्ताव गरेको हो ।
चीनको सहयोगमा चक्रपथलाई ८ लेनको बनाइँदै छ । सोही सडकको दायाँबायाँ ६र६ मीटरमा बन्ने ट्र्याक रोड र डेढ मीटरमा बन्ने फूटपाथका लागि नेपालले नै लगानी गर्ने गरी मन्त्रालयमा प्रस्ताव गरिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । यी दुई संरचना निर्माण हुँदा चक्रपथको यो खण्ड १० लेनमा विस्तार हुने रिमालको भनाइ छ ।
कलंकीको मकालु पेट्रोलपम्पदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको यो सडक खण्ड ११ दशमलव ६ किलोमीटर छ । आजको आर्थिक अभियान दैनिकले समाचार लेखेको छ ।