Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु


1.6K
Shares

कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु

काठमाण्डौ । भारतमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ । कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । मृतक व्यक्ति भर्खरै मात्र साउदीबाट भारत फर्केका थिए ।

कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदी अरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।

तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।

त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।

कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बि श्रीमालुले एक ट्विट गरेर मृतक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology