Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अपहरित १४ बर्षिय बालिकाको सकुसल उद्धार : हतियारसहित १४ जना अपहरणकारी पक्राउ


6.1K
Shares

अपहरित १४ बर्षिय बालिकाको सकुसल उद्धार : हतियारसहित १४ जना अपहरणकारी पक्राउ

धनुषाको गणेशमान चारनाथ नगरपालिककी १४ बर्षीय करिना मोक्तानलाई प्रहरीले बिहिबार सकुसल अपहरण मुक्त गरेको छ । प्रहरीले गरेको खोज तलासका क्रममा संयुक्त रुपमा ओप्रेसन चलाउदा बिहिवार दिउसो उदयपुरको कतारी नगरपालिका – १ स्थित खसिबास जंगलबाट बालिकालाई सकुसल उद्धार गरेको हो ।

उद्धारका क्रममा १४ जना अपहरणकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ८ जना पुरुष तथा ६ जना महिलाहरु रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई हात हतियार सहित पक्राउ गर्न सफल भएको प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट ११ थान सकेट बम,१ थान प्रेसर कुकर बम,चाइनिज पेस्तोल ३ थान,म्यागेजिन ३ थान,गोली ९ राउण्ड,खुकुरी १ थान,डेटोनेटर ३ थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु विप्लव समुहमा संलग्न हुन सक्ने आशंका गरिएको भए पनि त्यसको पुष्टी भने हुन सकेको छैन ।

अपहरण किन गरिएको थियो वा तिनीहरु कुन समुहमा लागेका हुन् भन्ने कुरा अहिले खुल्न नसकेको सिंहले जानकारी दिनुभयो । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ गौरीखोला बसने लाल बहादुर मोक्तानको छोरीलाई बुधबार २८ गते दिनको ३ बजे तिर अपहरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology