Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको कारण बादरलाई खानेकुरा अभाव सयौं बाँदर सडकमा


5K
Shares

कोरोनाको कारण बादरलाई खानेकुरा अभाव सयौं बाँदर सडकमा

काठमाडौ । थाइल्यान्डमा कोरोनाभाइरसको प्रभावका कारण पर्यटकहरू नआए पछि त्यहाँका बाँदरलाई समेत  खानेकुराको मुस्किल पर्न थालेको छ । थाइल्यान्डमा पर्यटकहरु आउने जाने क्रममा त्याहाँका बादरहरुलाई खानेकुरा दिने गर्दथे । पर्यटकहरु आउन छाडेपछि बाँदरका दुई समूहले केराका लागि झगडा गरेको  स्थानिय बासिन्दाले बताएका छन् ।

शहरी इलाकामा बस्ने र मन्दिर क्षेत्रमा बस्ने बाँदरहरूले केराका लागि झगडा गरेका हुन् । मध्य थाइल्यान्डको लोपबरीमा एउटा केराका लागि सयौं बाँदरहरूले झगडा गरेका दृश्य प्रकासित भएको थियो । घटनाको एक भिडियो फूटेजमा सयौं बाँदरहरू सडक पार गरेर केरा लिएको एक बाँदरलाई लखेटिरहेका देख्न सकिन्थ्यो ।

उनीहरूले त्यो एक्लो बाँदरमाथि उफ्रिएर केरा खोस्न खोजेका थिए । ती बाँदरहरूको यस्तो दृष्य देखेर स्थानिय पनि छक्क परिरहेका थिए । नजिकैको पसलमा काम गर्ने सासालुक रत्तनाचाइले घटनाको भिडियो खिचेकी हुन् ।

‘उनीहरू बाँदर भन्दा पनि जंगली कुकुर जस्ता देखिए । एउटा केराका लागि उनीहरू लुछाचुँडी गरिरहेका थिए उहाँले भन्नुभयो । मैले उनीहरूलाई यति आक्रामक रुपमा कहिले पनि देखेको थिइनँ ।’

‘बाँदरहरू एकदमै भोकाएका हुनुपर्छ । यहाँ दैनिक धेरै पर्यटकहरू आउथे र बादरलाई खानेकुरा दिने गर्दथे । तर अहिले  कोरोनाभाइरसका कारण पर्यटक आएका छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology