लम्जुङ । लम्जुङको पिपुल्स जलविद्युत् आयोजनाको टनेलमा रहेको ढुंगा लागेर एक जना इन्जिनियरको मृत्यु भएको छ। दोर्दी गाउँपालिका–६ मा रहेको उक्त जलविद्युत आयोजनाको टनेल सफा गर्ने क्रममा इन्जिनियर मृत्यु भएको हो । मृत्यु हेनेमा दाङ तुल्सीपुरका २४ वर्षीय निरञ्जन बस्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी नायब उपरीक्षक रवीन्द्र गुरुङले बुधबार राति टनेल सफा गर्ने क्रममा खसेको ढुंगाले लागेर बस्यालको ज्यान गएको जानकारी दिनुभयो। ढुंगा लागेर गम्भीर घाइते भएका बस्यालको सामुदायिक अस्पताल बेसीसहरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।