Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चिनले भन्यो हाम्रो देशमा कोरोना समाप्त भयो


2.6K
Shares

चिनले भन्यो हाम्रो देशमा कोरोना समाप्त भयो

बेइजिङ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको प्रकोप चिनमा समाप्त भएको चिन सरकारले घोषणा गरेको छ । चीनले हाल कोरोनाको प्रकोप सकिएको घोषणा गरेको हो । चिन सरकाका एक प्रवक्ताले कोरोना प्रकोपको उच्चतम बिन्दु हाललाई चीनमा सकिएको बताउनु भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बिहीबार बेइजिङमा यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो नयाँ बिरामी हुने दर घट्दो क्रममा रहेको र समग्र महामारी पनि तल्लो तहमा सीमित रहेको छ ।

उहाँले कोरोना संक्रमणको केन्द्रबिन्दु वुहानमा नयाँ बिरामी हुने दर कम रहेको र बुधबार केवल ८ नयाँ बिरामी मात्रै टिर्पोट भएको बताउनुभयो । त्यस्तै मुख्य भूमि चीनमा ७ वटा नयाँ बिरामी मात्रै फेला परेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology