Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

१७ जना बिदेशीलाई गोरखा छाड्न प्रशासनको आग्रह


10.2K
Shares

१७ जना बिदेशीलाई गोरखा छाड्न प्रशासनको आग्रह

गोरखा । बिभिन्न ठाउमा बसेर बिदेशी नागरिकले धर्म प्रचार गदै्र्र आई रहेका छन । कोरियन नागरिक एनवान सुक बिगत छ बर्षदेखि गोरखाको गण्डकी गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। सुक गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटारमा घर बनाएर बसे पनि चितवनमा काम गर्ने गरि नेपाल आएका हुन ।

एनवान सुकको नेपाली नाम हिरालाल गुरुङ हो। सुकलाई ३० भन्दा बढी घरधुरीलाई धर्म परिर्वतन गराएको आरोप लगाईएको छ । जापान जाने आउने गर्दै गरेका जापनका चार जना नागरिक पनि गोरखामा बसोबास गर्दै क्रिस्चियन धर्म प्रचार गर्दै आई रहेका छन ।

उनीहरु नेपाली नम्बर प्लेटको मोटरसाइक चलाएर धर्म प्रचार गर्दै आई रहेका छन । राम्रो सगा नेपाली बोलचाल गर्न सक्ने उनीहरु धर्म प्रचारमा ब्यास्त रहेकाता पनि लामो समय सम्म किन यही बसि रहे भन्ने बारेमा प्रशाशनले् खासै चासो राखेको थिएन । सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा दुई महिला÷दुई पुरुष पोखरामा क्याम्पस पढ्न भनेर नेपाल आएका रहेछन् तर उनीहरुको बसाई गोरखा केन्द्रित रहेछ गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो ।

सँधै चर्चमा जाने घर÷घरमा धर्म संम्बन्धि पर्चा पम्पलेट बाँड्ने मानिस जम्मा पार्ने, बालवालिकालाई खानेकुरा, खेलौना किनिदिने, उनीहरुको दैनिक काम रहेछ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो । ‘बिदेशी आएपछि हामी किन, के प्रयोजनका लागि कसरी आएको छ भने सोधखोज गर्दैनौँ’ । ‘पाहुनाका रुपमा सम्मान गर्ने हाम्रो परिपाटी छ, तर सबै एउटै खाले उद्देश्यले नआएको हुन सक्छ।’ उहाले भन्नुभयो । बिदेशी नागरिक कुन प्रयोजनका लागि नेपाल आएको हो बिशेष गरि गोरखा किन आएको हो यहाँ बसेर के गरि रहेका छन भन्ने बारेमा खोजतलास गर्न थालेपछि भिजा अनुमति पत्रमा भन्दा काम फरक गरेको भेटिएको हो ।

गोरखामा अहिले सम्म १७ जना बिदेशी फरक कामको लागि बसेको भेटिएको जिल्ला प्रसासन कार्यलयले बताएको छ । भिजा काडमा एकथरी तर अर्को काम गरेर बसेको तथ्य खुलेपछि प्रशासनले उनीहरुलाई जिल्लाबाटै निकाला गरेको छ। ‘हामीले खोजी गरिरहेका छौँ, भेटिएजती सबैलाई एक हप्ता भित्र छाड्न भनेका छौँ, एक दुई जना बाँकी होलान् धेरैले छाडिसके’ प्रजिअ पौडेलले भन्नुभयो ।

गोरखा नगरपालिका ५ स्थित नेपाल मगर संघको भवन भाडामा लिई ताईवानी नागरिक हेसिङचेङ मिङ ५ वर्षदेखि गोरखाबस्दै आउनु भएको छ । मिङ बालवालिकालाई चिनियाँ भाषा सिकाउँदै आई रहनु भएको थियो । उहाँ सगैं आएका हुङतिङ उओ, पर्यटक भिसामा आएर उहालाई सहयोग गरि रहनु भएको बुझिएको छ । पर्यटक बनेर आएका ति बिदेशी शिक्षकको भेषमा संकास्पद काम गरेकोले निगरानी बढाए पछि यस्तो थाहा भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाकारी दिएको छ।

अन्यत्रै काम गर्ने र घुम्ने प्रयोजनमा आएका आठ जना चिनियाँ नागरिकलाई गोरखाको आरुघाट गाउँपालिका ३ सोतीबाट पक्राउ गरी अध्यागमन बिभाग बुझाईएको पनि जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ । उनजीहरु अनुमति पत्र नै नलिई नौलो नेपाल हाईड्रो पावर कम्पनी काम गरि रहेका थिए । लुकिचोरी काम गरिरहेका उनीहरु त्यहाँबाट लखेटिएका हुन । चिनियाँ नागरिक याङ जियाचुन र लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ गुवाङलिन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन रहेका थिए ।

दुई जना जर्मनी नागरिक एक महिनादेखि गोरखाको आँपपिपल अस्पतालमा बस्दै आएका छन्। उनीहरु त्यहाँ कसरी उपचार हुन्छ भन्ने बुझ्न, अध्ययन गर्न बसेको अस्पतालले जनाएको छ। डोमिनिक भेलिन्टीन ट्रोस्ट र फोल्र डेक यसरी बस्दै आएका हुन्। उनीहरु उपचार पद्धती बुझ्ने भनेर बसेका छन्। यहाँ अहिले मात्र होइन पटक–पटक बिदेशीहरु आएर बस्ने गर्छन्।

बिदेशी नागरिक किन बसिरहेका छन् भन्ने बारे यकिन नभएपछि धर्म प्रचार मूख्य ऐजेण्डा रहेको निश्कर्ष प्रशासनका कर्मचारीहरुको छ। ‘अधिकाशं धर्म प्रचार लगायतको शंंकास्पद गतिविधिमा संलग्न रहेको भेटिएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा कागजात सहित बोलाएर जिल्ला छाड्न भनेका हौँ’ प्रजिअ पौडेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology