जोमसोम । राष्ट्रिय गौरवको बेनीजोमसोम, कोरला सडक आयोजनामा कार्यरत कामदार तथा उक्त सडकमा यात्रा गर्ने यात्रुहरुको सुरक्षाको बन्दो बस्ता मिलाउने भएको छ । आयोजनामा कार्यरत कामदारको बन्दोबस्त व्यवस्थापन गर्न कालिगण्डकी करिडोरलाई जिल्ला सुरक्षा समितिले निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले उक्त निर्णय गरेको हो । सुरक्षा समितिले बेनी÷जोमसोम÷कोरला सडकमा बढी मात्रामा खाल्डाखुल्डी हुने गरेकोले सडकको अबस्था जनाउने सांङ्केतिक बोर्डहरु राख्न निर्देशन दिएको छ । सडकमा खाल्डा खुल्डी धेरै छन त्यसको कारण सवारी दुर्घटना हुने जोखिम बढेको निष्कर्स निकाले समितिले निकालेको छ ।
सडकमा कार्यरता मजदुर तथा मेसिन चलाउने अपरेटरलगायतलाई निर्माणधिन स्थलको भौगोलिक अवस्था पहिचान गरि काम गर्नु गराउनु पर्ने भनेको छ । भैगोलिक अबस्था पहिचान गरी पूर्व तैयारीको उपयुक्त उच्चसुरक्षा रणनीति अपनाएर सडक विस्तार गर्न कालिगण्डकी करिडोर सडक आयोजनालाई ध्यानआर्कषण गराइएको जिल्ला सुरक्षा समिति मुस्ताङका संयोजक प्रजिअ वेदप्रकास अर्यालले जानकारी दिनुभयो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भित्रिने पर्यटक तथा यात्रुको जोखिम न्युनिकरण गर्न निर्माण कम्पनी सचेत रहनु पर्ने समितिले जनाकारी दिएको छ । राष्ट्रिय गौरवको बेनी÷जोमसोम÷कोरला सडक २०७४ साल देखि निर्माण कार्य सुरु गरिएको हो ।
बेनी÷जोमसोम ७६ किमी र जोमसोम कोरला १ सय १० किमी सडक स्तरोन्नतिका क्रममा हालसम्म २३ जना कामदारले ज्यान गुमाएका छन् भने ४ जनाले यात्रुको मृत्यु भइसकेको सुरक्षा समितिले जानकारी दिएको छ । जोमसोम । कोरला सडकखण्ड अन्तर्गत २०७५ सालमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्वचेमा भएको टिपर दुर्घटनामा करिब २० कामदारले ज्यान गुमाएका थिए ।