काठमाडौँ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले सार्वजनिक प्रकासित गर्दै जानकारी दिएको छ । बैठक बिहान ११ बजे देखि सुरु हुने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।
भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतले नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले नेपाली भू–भाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको थियो ।भारतले नेपाली भूमी भारतीय नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
नेपाल सरकारले भने नेपाली भूमि आफ्नो तर्फ पारेको भन्दै कुटनीतिक दुई देशका्े तवरबाट सीमा समस्या समाधान गर्ने बताउँदै आएको छ । तर त्यसबारे सरकारी तबरबाट कुनै कुटनीतिक ठोस गृहकार्य अहिलेसम्म भएको छैन ।