Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

केहो रमेश खरेलको “हाम्रो नेपाल सुशासन अभियान”


5K
Shares

केहो रमेश खरेलको “हाम्रो नेपाल सुशासन अभियान”

काठमाडौं । प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै नेपाल प्रहरी छाडेका पूर्वडिआइजी रमेश खरेलले बिहिबार देखि नयाँ अभियान शुरु गर्ने हुनुभएको छ। औपचारिक कार्यक्रम गरि हाम्रो नेपाल सुशासन अभियान नामक अभियान शुरु गर्न लागेको खरेलले जानकारी दिनुभयो। देशमा बढ्दै गरेको भ्रष्टाचार, कुशासनविरुद्ध आफूहरुको अभियान केन्द्रीत हुने उहाँको भनाई छ ।

अभियान अन्तर्गत देशभरीका नागरिकलाई भेटी छलफल तथा सम्वाद गरिने योजना अनुसार यस्तो अभियान गर्न लागेको खरेलले जानकारी दिनुभयो । खरेलले दुई साताअधि हाम्रो नेपाल, हामी नेपाली अभियानको नेतृत्व गर्न लाग्नुभएको थियो तर घोषणाको केही घण्टा अगाडि मात्र अभियानका अन्य सदस्यबीच कुरा नमिलेपछि खरेल पछि हट्नुभएको थियो ।

२०७४ चैत २८ गते खरेलले सरकारले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेपछि राजीनामा दिनुभएको थियो । सर्वेन्द्र खनाल माघ २८ गते नेपाल प्रहरीबाट अवकाश भइसकेका छन्। अब खरेल भने राजनीतिक बाटो रोज्ने लाईनमा भएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology