काठमाडौ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा लेबनानमा गएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। मृत्युहुनेमा धादिङ मूलपानीका नरबहादुर मगर रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
मगर चार महिनाअघि मात्र एक वर्षका लागि लेबनान गएका थिए। ड्राइभर रहेका मगर दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुरलाई ठक्कर दिए पछि मृत्यु भएको नेपाली सेनाले बताएको छ ।
युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छ ।