रोल्पा : रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ३ स्थित जंगलमा बिस्पोटक पर्दाथ फेला परेको छ । स्थानीय मिरुलको रापा जंगलमा २ बोरा बिस्पोटक पर्दाथ फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँका स्थानीयहरुले जंगलमा बोरा पोको पारिएको अबस्था देखेपछि शंका लागी प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सूचनाको आधारमा प्रहरी चौकी राना गाउँका प्रहरी हवल्दार डम्बर बहादुर चलाउनेको नेतृत्वमा जंगलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा बोरामा बिस्पोटक पर्दाथ भएको खुलेको उहाँले बताउनुभयो । उक्त बिस्पोटक पर्दाथ सकेट बम रहेको अनुमान गरिएको छ। जंगलमा भारी मात्रामा बिस्पोटक पर्दाथ फेला परे लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसी उत्त बिस्पोटक पर्दाथ डिस्पोट गर्न नेपाली सेनालाई जिम्मा दिईएको जनाइएको छ ।
लिबाङबाट करिव ३ घण्टा दुरीमा रहेको बिस्पोटक पर्दाथ् भएको क्षेत्रमा बिहिबार सेनाको एक टोली पुगेर अनुसन्धान गरि उक्त पर्दाथ डिस्पोज गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । बिस्पोटक पर्दाथ जंगलमा कसले के प्रयोजनका लागि राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।