Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अपहरणमा परेको नाटक गरी बावुसँग फिरौती लिने युवक पक्राउ


2.4K
Shares

अपहरणमा परेको नाटक गरी बावुसँग फिरौती लिने युवक पक्राउ

मोरङ– आफू अपहरण परेको नाटक गर्दै बावुसँग फिरौती लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।नाटकीय घटनामा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन ३० लाख रुपैयाँ चाहिने सूचनासहित बुवाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

छोराको मायाले बुवा शिवनारायणले २१ लाख रुपैयाँ फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।

फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।

प्रहरीले कृष्णबाट नगद १६ लाख ५३ हजार रुपैयाँ र तीन लाख रुपैयाँको चेक पनि बरामद गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology