Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ब्राउन सुगर सहित एक पक्राउ  


3.3K
Shares

ब्राउन सुगर सहित एक पक्राउ  

मोरङ ।  प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका– ८ गहुँथलीचोक का २९ वर्षीय कमानसिंह राई खैरे हिरोइन सहित पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको लागु औषध ब्युरोको टोलीले उनलाई १५ ग्रामब्राउन सुगर सहित फागुन २५ गते पक्राउ गरेको जनाएको छ ।

सीमावर्ती भारतीय बजार जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको राईलाई शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो । प्रहरीको अनुसन्धानबाट उनले ५० हजार मुल्यमा खरिद गरेको त्यो हिरोइन आफूले समेत प्रयोग गर्ने र प्रति डोज एक हजारका दरले १ लाख ५० हजार मूल्य सम्म कमाउने गरेको खुल्न आएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology