नागरिक सवाल संवाददाता
गोरखा २८, फागुन- तनहुँको बन्दिपुर गाउँपालिका–५ मा आज दिउँसो ट्रयाक्टर दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । बन्दिपुर गाउँपालिकाको भित्री सडक खण्डको बाउन भञ्ज्याङबाट कोरिका तर्फ सामान लिएर जादै गरेको ग १ त ४८०८ नम्बरको ट्याक्दर दुर्घटनामा परेको हो ।
दुर्घटना परी गोरखा जिल्ला पालुङटार नगरपालिका ७ च्याङली घर भएका ट्रयाक्टर चालक २१ बर्षका प्रेम कुमाल र सह चालक तनहुँ बन्दिरपुर गाउँपालिका ४ नयाँपुलका २३ बर्षिय राजकुमार परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रीत भएर सडक भन्दा १५० मिटर तल खस्दा चालक कुमालको घटना स्थलमा नै ज्यान गएको थियो भने गम्भिर घाईते भएका सह चालक परियारलाई डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ