Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना भाईरसका कारण दयाहाङको ‘नीरफूल’ सर्‍यो


6.1K
Shares

कोरोना भाईरसका कारण दयाहाङको ‘नीरफूल’ सर्‍यो

काठमाडौं – चैत्र ७ गतेदेखि प्रदर्शनमा आउने लागेको फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ । पत्रकार फूलमान निर्देशित यो फिल्म शुरुमा फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको तापनि स्थगित गरिएको हो ।

यहि मितिमा पल शाह र पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भनिएपछि फिल्म एक हप्तापछि सरेको थियो । कोरोना भाइरसको कारण यो फिल्मको प्रदर्शन पनि स्थगित गरिएको छ । यतिबेला भने कोरोना भाइरसको त्रासका कारण ‘नीरफूल’ को पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह, तथा कार्यक्रम नगर्न आह्वान गरिरहेका बेला हामीले पनि नीरफूलको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ सेलो प्रोडक्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निर्माण टिमले समयमा फिल्म प्रदर्शन गर्न नपाएको भन्दै दर्शकसँग माफी मागेको छ । निर्माण टिमका अनुसार स्थिति सामान्य भएपछि फिल्म पुनः प्रदर्शन गर्ने निमांण पक्षले जानकारी दिएको छ ।

फिल्ममा भूकम्पले तहसनहस पारेको एक परिवारको कथा समेटिएको छ । फूलमान बलको लेखन समेत रहेको यो फिल्ममा धादिङ जिल्लाको हिमाली भेगको एक परिवारको कथा देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology