Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा बारपाक सुलिकोट गाउँपालिकाको प्रशिक्षण तथा तेस्रो पूर्ण बैठक सम्पन्न


2.7K
Shares

नेकपा बारपाक सुलिकोट गाउँपालिकाको प्रशिक्षण तथा तेस्रो पूर्ण बैठक सम्पन्न

गोरखा २८, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउपालिकाको  तेस्रो पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य सदस्य शुसिला सिखंडाको प्रमुख आतिथ्यतमा भएको बैठकमा जिल्ला पार्टीले चैत १ गतेदेखि सञ्चालन गर्न लागेको अभियानको कार्यान्वयन लगायतका बिषयमा छलफल भएको नेकपा बारापाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनुभयो ।

बैठकमा गाउँपालिका पार्टी कमिटिका सदस्यहरुलाई पार्टी केन्द्रिय कमिटि, जिल्ला कमिटि लगायतले गरेका निर्णयहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । बैठकमा नेकपा गोरखा जिल्ला सचिब प्रेम गुरुङ्, नेकपा गण्डकी प्रदेश नेकपा सदस्य भगवती तिवारी (शान्ति) पार्टीका प्रदेश कमिटि सदस्य एवं बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट लगायतको सहभागिता रहेको थियो ।

बारपाक सुलिकोटा गाउपालिका पार्टी अघ्यक्ष नर बहादुर गुरुङ्गको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले जिल्लाले पार्टीले कार्यभार पूरा गर्न निरन्तर जनसमुदाय संग सहकार्य गर्दै अघिबढ्ने निर्णय गरेको छ ।साथै सम्पुर्ण नेकपा समर्थकहरु लाई निरुत्साहित नहुन अनुरोध गर्दै मनोबल उठाउनुहोस, अगाडि ढुक्क सङ्ग बढनुहोस यसरी स्थिति चिर्न सकिन्छ।

बैठकको अवसरमा गाउपालिका कमिटीलाई सुझाब दिदै भनु भयो गुट उपगुट बाट माथी उठेर नेकपा बन्नुस आफ्नो स्वार्थ मात्र नहेरी सबै सङ्ग सहकार्य गरि स्थानीय बिकास निर्माणमा लाग्न अनुरोधको छ । साथै जिब दुर्घटनामा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कमना गर्दै बारपाक सुलिकोटको बैठक सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology