दीपक श्रेष्ठ
गोरखा २८ फागुन- नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथी सरकारले प्रतिबन्ध लगाएको ठिक एक बर्ष पुरा भएको दिन बर्तमान सरकारका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्पोट हुनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । बिप्लव समुहले आफुमाथी प्रतिबन्ध लगाएका एक बर्ष पुरा भएको दिन उसको गतिबिधिलाई सुरक्षा निकायले सुस्म ढंगले अध्ययन गर्न चुक्दा पूर्वमन्त्री बास्कोटाको घरमा बिस्पोट भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिबन्ध लगाएकापछि बिप्लव समुहमाथी आक्रामक रुपमा उत्रिएको सरकारले उसका सयौ नेता कार्यकर्तालाई गिरफ्तार गरिसकेको छ । आफ्ना धेरै नेता कार्यकर्ता पक्राउ परेपछि बिप्लव समुह अहिले रक्षात्मक अबस्था छ । यद्देपी आफुमाथी प्रतिबन्ध लगाएको एकबर्ष पुरा भएको भएको दिन सरकारलाई रणनीतिक धक्का दिने उद्देस्यले पूर्वमन्त्री बास्कोटाको घरमा बिस्पोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।
सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा पर्छन् भन्ने सूचना प्रहरी अधिकारीले पाएको सुरक्षा अधिकारीहरुले पनि दावी गरेका छन् । पूर्वसूचना हुँदाहुँदै पनि बास्कोटाको घरको पूर्वतर्फको पर्खालभित्रै बम राखेर विष्फोट गराइदा सुरक्षा रणनीति माथि नै गम्भीर प्रश्न उठ्नु स्वभाविक पनि हो ।
बास्कोटाको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो । तर, उनीहरुले विष्फोटक पदार्थ राखिएको सुइँको समेत पाएनन् र बुधबार बिहानै रिमोट कन्ट्रोलको साहायताले बास्कोटामा घरमा बिस्पोट भयो ।जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानका अनुसार प्रहरीले नियमित रुपमा कुनै पनि ठाउँमा कुनै पनि प्रकारको घटना हुन्छ भन्ने अनुमान प्रहरीले गरेको र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको थियो ।
‘पूर्वसञ्चारमन्त्री ज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो ।’उहाँले भन्नुभयो ।सुरक्षाका लागि असईको नेतृत्वमा २ प्रहरी खटाइएको भए पनि विस्फोटको समयमा भने १ जना प्रहरी जवानमात्र ड्युटीमा थिए ।
यद्यपि अहिलेको विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन ।
प्रहरी अधिकारीहरुले भने विष्फोटमा विप्लव समूहकै हात रहेको अनुमान गरेका छन् । विस्फोटका कारण घरको भित्तामा क्षति पुगेको छ । सेक्युरेटी प्रिन्टिङ प्रेस स्थापनामा स्विस् कम्पनीसंग कमिसन मागेको घटना सार्वजनिक भएपछि बिप्लव समुहको टार्गेटमा बास्तोला परेको हुनसक्ने अनुमान गरिएको छ ।