Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पूर्व सञ्चारमन्त्री बास्कोटाको निर्माणाधीन घरमा बम बिस्फोट


1.4K
Shares

पूर्व सञ्चारमन्त्री बास्कोटाको निर्माणाधीन घरमा बम बिस्फोट

 

काठमाडौ । पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ भने झ्यालका सिसाहरू पनि फुटेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

बम विस्फोटका कारण छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयो । बाँस्कोटाका छिमेकीद्वय कुवेर केसी र कपिल घिमिरेको घरमा क्षति पुगेको हो ।

मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको एसएसपी ज्ञवालीले जानकारी दिनुभयो ।

विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology