Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अवैध अमेरिकी डलर सहित सिङ्गापुरका नागरिक पक्राउ


2K
Shares

अवैध अमेरिकी डलर सहित सिङ्गापुरका नागरिक पक्राउ

नागरिक सवाल संवाददाता

काठमाण्डौं- अवैध अमेरिकी डलर सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।  सोमबार साँझ सिंगापुर जान लागेका सिंगापुरका ५७ वर्षीय सिङ्गापुरका नागरिक टानघिम चियोङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चियोङको साथबाट ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा उनको ह्याण्डब्यागबाट अमेरिकी डलर र नेपाली रुपैया फेला परेको हो ।

चियोङलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology