फागुन । म्याग्दीको बेनी नगरपालिका–९ नाप्टेचौर स्थित राष्ट्रिय माध्यामिक बिद्यालयका एक शिक्षकले एक विद्यार्थीलाई बार्षिक परिक्षा दिनबाट बन्चित गराएका छन । कक्षा ९ मा अध्ययनरत आरती खड्कालाई टिउसन कक्षाको शुल्क नतिरेको भन्दै बार्षिक परिक्षा दिनबाट बञ्चित गरएिको हो ।
कक्षा ९ मा अध्ययन गर्ने आरती खड्कालाई टिउसन कक्षाको शुल्क नदिएको भन्दै सोही विद्यालयमा अध्यापन गराउने शिक्षक शंखर चोखालले परिक्षा दिनबाट बन्चित गराएको खड्काको परिवारले जानकारी दिएको छ । शिक्षक चोखालले बार्षिक परिक्षा दिनका लागि विद्यालयको परिक्षा कोठामा पुगेकी छात्रालाई टिउसन कक्षा शुल्क नदिएको भन्दै कक्षाबाट निकालिदिएका थिए । परिक्षा दिनबाट बञ्चित छात्राका अभिभावकले शिक्षकले परिक्षा दिन नदिएको बताएका छन्।
विद्यालयकी प्राध्यानध्यापक रहनुभएकी तारा चोखाल बानियाँले भने शिक्षकले विद्यार्थीको आमालाई हिजो फोन गरेर कोचिङ कक्षाको शुल्क नबुझाए विद्यार्थीले परिक्षा दिन नपाउने बताएको जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो “यो बिषयमा मलाई पनी थाहा थिएन पछी उनी परिक्षा दिन नआएको जानकारी पाँएपछी पुन परिक्षा दिनको लागि आफुले आग्रह गरको छु” ।
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चोखालले भने टिउसन कक्षाको शुल्क नदिएको आधारमा परिक्षाबाट बञ्चित गराउनु भनेको उनको भविष्यमाथि खेलवाड गर्नु भएको बताउनु भएको छ । शिक्षकले गलत गर्नु भएको हो । यसको बिषयमा विद्यालयको बैठक बसी यसको बारेका सत्य तथ्य बुझ्ने जानकारी दिने बताउनुभयो।