गोरखा २७, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखाको सौरपानीमा मंगलबार बिहान भएकोे बोलेरो जीप दुर्घटनामा परि घाइते भएकाहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभएको छ । काठमाण्डौको ग्रिनसिटी हस्पिटलमा उपचार गराई रहेका दुर्घटनाका गम्भीर घाइतेको अबस्था बुझ्न प्रवक्ता श्रेष्ठ अस्पताल पुग्नु भएको थियो ।
अस्पतालमा पुगेर उहाँले चिकित्सकहरुसंग घाइतेको अबस्थाबारे जानकारी लिनु भएको हो । त्यस्तै नेकपाका नेता समेत रहनु भएका संघिय सांसद चुडामणी खड्का (प्रकाश), पूर्वराज्यमन्त्री छमबहादुर गुरुङ लगायतका नेताहरु समेत अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएका छन् ।

भेटमा उहाँहरुले घाइेतहरुको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह समेत गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, बन तथा बातारणमन्त्री बहादुर बस्नेतका स्वकिय सचिव धिरज उपरकोटी लगायतका नेताहरुको पहलमा र्दुघटनाको डेढघण्टा भित्रै गम्भिर घाइतेहरुलाई उपचारका लागि माउण्टेन एयरको हेलिकप्टर मार्फत उद्धार गरी अस्पताल पु¥याइएको थियो ।