Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सहायक वन अधिकृत विरुद्ध २ लाख भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालत काठमाडौमा मुद्दा दर्ता


7.6K
Shares

सहायक वन अधिकृत विरुद्ध २ लाख भ्रष्टाचार गरेको अभियोगमा बिशेष अदालत काठमाडौमा मुद्दा दर्ता

काठमाडौं । नवलपरासी वर्दघाट सुस्ता पूर्वका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले देवकोटासहित सोही कार्यालयका सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

टेण्डरको काठ उठाए बापत घुस माग्रेदै गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा सहयाक वन अधिकृत देवकोटाले कार्यालय सहयोगीमार्फत घुस लिन लगाएर बुझिएको छ । अधिकारीले कार्यलय सहयोगीलाई घुस लिन लगाई राखेको अवस्थामा उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology