Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रेस लेखेको मोटरसाइकलबाट ९ सय थान लागुऔषध सहित २ जना पक्राउ


1.5K
Shares

प्रेस लेखेको मोटरसाइकलबाट ९ सय थान लागुऔषध सहित २ जना पक्राउ

काठमाडौं । बारामा ९ सय थान (पिस) लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ परेका छ। बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्‍ने वर्ष २२ को नासिर आलम रहेको प्रहरीले जानकारी दिएको छ । जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नःको मोटरसाइकल चलाएका थिए ।

जितेन्द्र र नासिरले गरेको कुराकानी प्रहरीलाई शंकास्पद लागेपछि मोटरसाइकल जाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जानकारी दिएको हो ।

उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३००, पिस नुफिन ३०० पिस, फेनारगन ३०० पिस गरी ९०० थान बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology