Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१४ दिन क्‍वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’ स्वास्थ्य मन्त्री भानुभक्त ढकाल


3.8K
Shares

१४ दिन क्‍वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’ स्वास्थ्य मन्त्री भानुभक्त ढकाल

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संगठनले आज स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय युवा संगठनले विश्वभर प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबारे सरकारको सचेतना अभाव भएको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि सरकाको ध्यानाकर्षण गराएको हो।

संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै सरकारले कोरोनाबारे जनसचेतना फैलाउन आवश्यक भएको बताउनु भयो। भारतीय सीमा नाकामा स्वास्थ्य चेकजाँचको व्यवस्थित गर्नसमेत संगठनले माग गरेको दिपशिखाले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा ३ वटा र देशका मूख्य शहरमा केन्द्र हुनेगरी प्रदेशस्तरिय एकरएक ठाउँमा रुघाखोकी, ज्वरो लगायको परीक्षण केन्द्र स्थापना गर्नसमेत संगठनले माग गरेको छ।

अहिले नेपालमा कोरोना नभएको भन्दै ढुक्क भएर बस्‍ने अवस्था नरहेको भन्दै सरकारले सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने मागसमेत संगठनले राखेको संगठनका एक सदस्यले जानकारी दिनुभएको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री ढकालले कोरोना रोकथामका लागि सरकार सक्रिय भएर लागिरहेको बताउनुभयो।

मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्‍वारेन्टाइनमा राखेजसरी अब सरकारले नराख्‍ने समेत बताउनुभयो । विश्‍व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्‍वारेन्टाइनमा बस्नुपर्ने उनको तर्क थियो । ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताउनु भयो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने पनि मन्त्री ढकालले बताउनुभयो ।

१४ दिन क्‍वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भन्नुभयो ‘क्‍वारेन्टाइन भन्‍नेबित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्‍ने कुरा नगरौँ। अब आफैँ क्‍वारेन्टाइनमा मान्छे बस्‍नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology