Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सलमानको ‘राधे’ फिल्मको छायांकन स्थगित


2.1K
Shares

सलमानको ‘राधे’ फिल्मको छायांकन स्थगित

नायक सलमान खान यतिबेला चलचित्र ‘राधे’को छायांकनमा व्यस्त रहेको बुझिएको छ । चलचित्र राधेको एक गीत र केही एक्सनका दृश्यको छायांकन अजरबैजानमा गर्ने तयारीमा यसको निर्माणपक्षले बताएको थियो । यसका लागि छायांकन टोलीका केही सदस्य अजरबैजानको राजधानी बाकु पनि पुगिसकेका फिल्म निर्देशन प्रभुदेवाले जानकारी दिनुभयो ।

तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण यो चलचित्रको अजरबैजान छायांकन स्थगित गरिएको छ । नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायांकनका लागि बाकु जाने तयारीमा थिए ।

सिंगो टिमलाई नै लिएर छायांकनमा जाँदा जोखिम हुने डरका कारण ‘राधे’को छायांकन बाकुमा नहुने भएको छ । इदमा रिलिज हुने यो चलचित्रलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । सलमान खान प्रोडक्शन, सोहेल खान प्रोडक्शन र अतुल अग्नीहोत्रीले मिलेर यो चलचित्र बनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology