गोरखा २७, फागुन गोरखाको बारपाक सुलिकोट गाँउपालिका–४ छहरे खोला स्थित सिम्बमा आज बिहान बलेरो जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागी काठमाण्डौ पठाइएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई माउण्टेन एयरको ९ एन एएलडी हेलिकप्टरबाट काठमाण्डौ पठाइएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।

घाइतेहरुको काठमाण्डौको ग्रिन सिटि हस्पिटल उपचार भईरहेको जनाइएको छ । रन्चोकबाट गोरखा सदरमुकाम तर्फ यात्रु लिएर आउदै गरेको बा १५ च १०१६ नम्बर बलेरो जीप उकालोमा पछाडी हटेर दुर्घटना हुदा आज बिहान ११ जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनामा परी बारपाक सुलिकोट गाउँपालिका–४ की १९ बर्षिया बिमला गुरुङ सोही ठाउँकी ६० बर्षिया बुद्वबहादुर गुरुङ, २० बर्षिया रमा गुरुङ, ३३ बर्षिय श्रीमान गुरुङ, २३ बर्षिय बिनोद गुरुङ, ६० बर्षिया क्षेत्रकुमारी गुरुङ, ३७ बर्षिया टेकमाया गुरुङ, टेकमायाकी छोरी बर्ष ६ कि सुनिता गुरुङ, ७३ बर्षिया सुकमाया गुरुङ रहेका छन् ।

अन्य घाइतेहरुमा सौरपानीकी बर्ष ५२ की राजकुमारी गुरुङ र चालक ४० बर्षिय आनन्दकुमार गुरुङ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो । घाईतेमध्ये बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङको अबस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाईते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ ।