गोरखा २७, फागुन । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेतमा फागुन २१ गते भएको जीप दुर्घटना परि घाइते भएकाहरुको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन शुरु गरिएको छ । गाउँपालिकाको कामको शिलशिलामा जनप्रतिनिधि र कर्मचारी चढेको गाडी दुर्घटनामा परी घाइते भएका ७ जनाको उपचारका लागि गाउँपालिकाले आर्थिक सहयोगका अपिल गरेको छ ।
गाउँपालिकाले घाइतेहरुको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले आर्थिक सहयोगको अपिल गर्नुपरेको जनाएको छ । घाइतेहरुको काठमाण्डौको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । उनिहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ पठाइएको थियो । घाइते ७ जनाको अबस्था अहिले खतरामुक्त रहेपछि उपचारका लागि धेरै रकम लाग्ने भएपछि आर्थिक समस्या भएको गाउँपालिकाले सार्वजनिक गरेको अपिलमा उल्लेख छ ।
हालसम्म बिभिन्न क्षेत्रबाट सहयोग संकलन भईसकेको र करिब १ लाख ३० हजार भन्दा बढि रकम संकलन भईसकेको जनाइएको छ । आर्थिक सहयोग संकलन गर्न इच्छुुक व्यक्तिहरुले धार्चे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको सिभिल बैंकमा रहेको खाता नम्बर ७५ १०३५७०४१०७८ मा रकम जम्मा गर्न सक्ने उल्लेख गरेको छ ।
वडा नम्बर ६ मा अपांगता परिचय पत्र बितरणका लागि गएको ग १ ज ५५०५ नम्बरको जीप दुुर्घटनामा परि धार्र्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ सहित अन्य ७ जना गम्भीर घाइते थिए ।