Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सौरपानीमा दुर्घटनामा घाइतेको संख्या ११ पुग्यो: हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिदै (घाइतेको नामावली सहित)


3.8K
Shares

सौरपानीमा दुर्घटनामा घाइतेको संख्या ११ पुग्यो: हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिदै (घाइतेको नामावली सहित)

गोरखा २७, फागुन
गोरखाको बारपाक सुलिकोट गाँउपालिका–४ छहरे खोला स्थित सिम्बमा आज बिहान बलेरो जीप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकाम तर्फ यात्रु लिएर आउदै गरेको बा १५ च १०१६ नम्बर बलेरो जीप उकालोमा पछाडी हटेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ ।

जीप सडकबाट झण्डै ५० मिटर पछाडी खसेको उहाँले बताउनुभयो । ‘घाइतेहरु मध्ये २ जनाको दात समेत झरेको अबस्था छ, उहाँले भन्नुभयो, घटना लगत्तै प्रहरी समेत घटनास्थलमा आइपुगी सकेको छ ।’ दुर्घटनामा परी बारपाक सुलिकोट गाउँपालिका–४ की १९ बर्षिया बिमला गुरुङ सोही ठाउँकी ६० बर्षिया बुद्वबहादुर गुरुङ, २० बर्षिया रमा गुरुङ, ३३ बर्षिय श्रीमान गुरुङ, २३ बर्षिय बिनोद गुरुङ, ६० बर्षिया क्षेत्रकुमारी गुरुङ, ३७ बर्षिया टेकमाया गुरुङ, टेकमायाकी छोरी बर्ष ६ कि सुनिता गुरुङ, ७३ बर्षिया सुकमाया गुरुङ रहेका छन् ।

अन्य घाइतेहरुमा सौरपानीकी बर्ष ५२ की राजकुमारी गुरुङ र चालक ४० बर्षिय आनन्दकुमार गुरुङ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो । घाईतेमध्ये बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङको अबस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाईते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हेलिकप्टरबाट उद्धारको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology