काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको जनाएको हो ।
मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका नागरिक रहेका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एक–एक जना नागरिक रहेको युएईको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।