Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको त्रासले खोस्यो गोरखाबासीको होली : मुख्य सडक दिनभर लगभग सुनसान जस्तै


4.6K
Shares

कोरोनाको त्रासले खोस्यो गोरखाबासीको होली : मुख्य सडक दिनभर लगभग सुनसान जस्तै

कोरोनाको त्रासले खोस्यो गोरखाबासीको होलीको खुशी ः मुख्य सडक दिनभर लगभग सुनसान जस्तै

गोरखा २६, फागुन । रङको पर्वको रुपमा होलीलाई लिने गरिन्छ । होलीमा बिभिन्न खालका रङ एक अर्कामा लगाएर हरेक बर्ष हर्सउल्लासका साथ होली अर्थात फागु पूर्णिमा मनाउने गरिन्छ । युवायुवतीदेखि बालबालिकासम्मले हेली पर्वलाई हर्षउल्लासका साथ मनाउने गर्दछन् । तर गएको बर्षजस्तो गोरखामा यो बर्ष होलीको उल्लास देखिदैन । गोरखा सदरमुकामको मुख्य सडकमा होलीका दिन दर्जनौ समुहमा होली खोल्न युवाहरु जुट्ने गरेको भएपनि यो बर्ष दिनभर सडक लगभग सुनसान जस्तै बनेको छ ।

कोरोना भाइरस (कोभिड १९) को त्रास बढेसंगै जिल्ला प्रसासन कार्यालय गोरखाले बढी भिडभाड हुने ठाउँमा ननिस्कन, समुहमा जम्मा नहुन, आग्रह समेत गरेको थियो । चिकित्सकहरुले समेत धेरै मानिसहरु भेला भएर बस्दा, पानीमा भिज्दा कोरोनाको संक्रमण हुनसक्ने भएकाले सचेत रहन आग्रह गरेकाले गोरखामा यो बर्ष होलीमा उल्लास नभेटिएको स्थानीयबासीको भनाई छ ।

बालबालिकाहरु होली खेल्न सडकमा निस्कन खोजेपनि यो पटक अभिभावकहरुले सम्झाएर आफ्ना बालबच्चालाई हेलीखेल्न निस्कन नदिएको गोरखा नगरपालिका–६ की अर्बदा श्रेष्ठ बताउनुहुन्छ । ‘बिश्वभरी नै कोरोना भाइरसको त्रास बढेको छ, धेरै मानिसको मृत्यु भईरहेको भन्ने समाचार दिनदिनै सुन्न परेको छ, सरकारले पनि भिडभाडमा नजानु भनेको छ, उहाँले भन्नुभयो, आफु स्वस्थ्य रहे होली त अर्को बर्ष खेल्न पाइन्छ भनेर घरबाट बालबच्चालाई निस्कन दिएको छैन ।’

अघिल्ला बर्षहरुमा होलीका दिन समुह–समुहमा मिलेर युवायुवतीहरु होली खेल्दै रमाइलो गर्ने गर्थे । आज दिनभर गोरखा सदरमुकामको मुख्य सडकमा नत होली खेल्ने त्यस्ता समुह भेटिए न सडकमा कतै ।गोरखाको सडकमा होलीको दिन पनि सोमबार रङिन भएर हिडेका मानिसहरु देख्न पाइएन । अघिकासं युवायुवतीहरु समेत घरमै रातो एकसरो टिका लगाएर होली मनाएको बताउछन् ।

‘गएको बर्षहरुमा खुब होली मनाइन्थ्यो, गोरखा नगरपालिका–६ की चन्चला रोकाले भन्नुभयो, ‘अहिले त कोरोना भाइरसको डरले घरबाट निस्कने आँट पनी आएन ।’ उहाँले घरमै बसेर भाईसंग रातो रङ एकअर्कालाई लगाएर यो बर्ष होली बनाएको बताउनुभयो ।

डराइहाल्नु पर्ने अबस्था त होइन तर पनि सचेत हुनुपर्छ भन्ने लागेर होली खेल्न ननिस्किएकी हुँ, उहाँले भन्नुभयो, सवैले भीडभाडमा जान हुदैन भनेकाले पनि निस्कन मन लागेन ।’ अघिल्लो बर्षमा सडकमा निस्कनै नसकिने अबस्था हुने भएपनि यो बर्ष मुख्य सडकमा समेत नत छतबाट पानी फ्याक्ने केही भेटिए, नत लोला हान्ने नै ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology