गोरखा २६, फागुन । पालुङटार नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधि र महिला कर्मचारीहरुका २ दिने क्षमता अभिवृद्धि सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ । महिला जनप्रतिनिधि तथा कर्मचारीलाई आफ्नो कार्य क्षेत्रमा काम गर्दा हौसला बढाउने उद्देस्यले तालिमको आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।
सहभागीहरुलाई महिलाहरुलाई आयआर्जनको माध्यमबाट अत्मानिभर बनाउन समुदायमा खेल्नुपर्ने भूमिका, महिला शसक्तिकरण, उत्पादनमूलक क्षेत्रमा महिलोका सहभागिता लगायतका बिषयमा अभिमुखिकरण प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा नगरपालिका प्रमुख दिपकबाबु कंडेल लगायतले सहजिकरण गर्नुभएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो । हिजो र आज सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा नगरपालिका भित्रका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।