Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इटालीका सेना प्रमुखलाई पनि कोरोनाको संक्रमण


2.9K
Shares

इटालीका सेना प्रमुखलाई पनि कोरोनाको संक्रमण

एजेन्सी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ुस्व–क्वारेन्टाइनुमा रहेको बताउनु भएको छ । संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ। प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसक्नु भएको छ ।

यो प्रतिबन्ध अप्रिल ३ सम्म लागु हुनेछ। पछिल्लो आँकडाले इटाली कोरोनाभाइरसको संक्रमणबाट चीनपछि सबैभन्दा प्रभावित देश बनेको छ।यसअघि दक्षिण कोरिया चीनपछि दोश्रो नम्बरमा सबैभन्दा बढी प्रभावित मुलुक थियो। दक्षिण कोरियामा हालसम्म ७ हजार ३ सय १३ वटा मामिलाहरू पुष्टि भएका छन्।

कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology