Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपालीलाई कतार प्रवेश गर्न प्रतिबन्ध


1.4K
Shares

नेपालीलाई कतार प्रवेश गर्न प्रतिबन्ध

काठमाण्डौं । कतारले नेपालीहरुलाई कतार प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारaमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्न पछि त्यहाँको सरकारले नेपाल सहित १४ मुलुकबाट हुने प्रवेशमा प्रतिबन्ध लगाएको हो।

कतार सरकारले आइतबार कोरोना भाइरस को सङ्‌क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै १४ मुलुकबाट कतारमा प्रवेश गर्न अस्थायी रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कतारले प्रवेश प्रतिबन्ध लगाइएका मुलुकमा नेपाल, बंगलादेश, चीन इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्‌का, सिरिया र थाइल्यान्ड रहेका छन्।

आज ९मार्च ९० बाट कार्यान्वयनमा आउने उक्त निर्णय यी मुलुकबाट कतारमा काम गर्न वा भ्रमणका लागि प्रवेश गर्ने जोकोही व्यक्तिका साथै कतारमा ट्रान्जिट भएर यात्रा गर्ने यात्रुका लागिसमेत लागू हुने जनाइएको छ।

यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उडान बन्द गरिसकेको छ। कतारमा करिब ५ लाखको सङ्‌ख्यामा नेपाली कार्यरत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology