गोरखा २५, फागुन – गोरखा जिल्लाका अधिकासं क्षेत्रमा आइतबार दिनभर बिद्युत सेवा अबरुद्ध भएको छ । आँवुखैरेनी सव—स्टेशनदेखि गोरखा सव—स्टेशनसम्म प्रसारण गरिएको ३३ के.भी.प्रसारण लाईनमुनि तथा छेउछाउमा रहेका बाँस घांस, रुखका हाँगा काट्नु पर्ने भएकाले गोरखा बितरण केन्द्रले जिल्लाका बिभिन्न क्षेत्रमा बिहान १० बजेदेखि सांँझ ४ बजेसम्म बिद्युत सेवा कटौती गरेको बिद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो ।
बिद्युत कटौती हुदा गोरखा सव स्टेशनबाट सप्लाइ हुने जस्तै गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, बुङकोट, नामजुङ्ग, छोप्राक, गाँखु, खोप्लाङ, मिरकोट लगाएका स्थानहरुमा विद्युत आपूर्ति वन्द भएका थिए ।
यस अघि शनिबारका लागि बिद्युत कटौती हुने भनिएपनि हिजो मौसमको खराबीका कारण विद्युत लाइनको काम गर्न नसक्ने भएपछि प्राधिकरणले आइतबार दिनभर बिद्युत कटौती गरेको हो ।