Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नारी दिवसको अबसरमा गोरखामा महिला दौड प्रतियोगिता सम्पन्न


3.5K
Shares

नारी दिवसको अबसरमा गोरखामा महिला दौड प्रतियोगिता सम्पन्न

नागरिक सवाल सवांददाता

गोरखा – रोट्रयाक क्लब अफ गोरखाको आयोजनामा अन्तराष्ट्रिय नारी दिवशको अवसरमा आईतबार गोरखामा महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा निर्धारित २.५ किलो मिटर दौड १२ मिनेट १२ सेकेण्डमा पुरा गरी पवित्रा बयलकोटी प्रथम   हुनु भएको छ । त्यस्तै निर्धारित दुरी १२ मिनेट २४ सेकेण्डमा दुरी गर्दै सविता पुलामीमगर दोस्रो र १२ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सुजिता लामिछाने तेस्रो हुन सफल हुनु भएको छ ।

गोरखा सदरमुकामको खेलकुद मैदानदेखि  शक्तिचोक हुदै पुरानो बसपार्क, पदेली, ठुलो आँगन, पाटेचौर, अस्पताल मार्ग हुदै पुनः खेलकुद मैदानमा पुगेर दौड टुगिंएको थियो । प्रतियोगितामा १९ जना महिलाहरुको सहभागि  भएका थिए । प्रतियोगिताका  बिजेता खेलाडीहरुलाई गोरखा नगरपालिका गोरखाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमस नगद रु ७ हजार, दोस्रो ५ हजार र तेस्रो ३ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

रोट्रयाक क्लब अफ बज्र मनास्लु गोरखाका अध्यक्ष अनुषा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरिक्षक सिमोन घिताल,  रोटरी क्लब अफ बज्र मनास्लु गोरखाका अध्यक्ष रुसबावु जोशी  लगाएतको सहभागिता रहेको थियो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाईने यो दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology