Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आजबाट मौसममा सुधार आउने


2.9K
Shares

आजबाट मौसममा सुधार आउने

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर भएको वर्षामा आजबाट सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको थियो । वर्षासँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेका कारण वर्षा निरन्तर नभइ केही समय रोकिँदै फेरि हुने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । आजबाट मौसम क्रमशः सुधार हुँदै जाने उहाँको भनाइ छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ । आज दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology