Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ढुङगा प्रहार गर्ने युवा माथी प्रहरीको जवाफी फायर : एक गम्भीर घाइते, दुई पक्राउ


1.8K
Shares

ढुङगा प्रहार गर्ने युवा माथी प्रहरीको जवाफी फायर : एक गम्भीर घाइते, दुई पक्राउ

पूर्वी नवलपुरमा प्रहरीको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । मध्यविन्दु नगरपालिका–१ कोल्हुवा चोकमा गस्तीमा निस्किएको प्रहरी टोलीमाथि ढुङगा प्रहार गर्न गर्न खोज्ने युवा माथी प्रहरीले जबाफी फायर गरेको हो । प्रहरीको गोली लागि ३५ वर्षीया प्रेम महतो घाइते भएका छन्। महतोको घुंडा र कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न ३० वर्षीया मुन्ना महतो र १९ वर्षीया सुरज महतो प्रहरी नियन्त्रणमा छन्। तीनै जना मध्यविन्दु नगरपालिका–३ का बासिन्दा हुन। गोली लागेका महतोको अवस्था गम्भीर रहेको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गएराति ११ बजे एउटा मोटरसाइकलमा मादक पदार्थ सेवन गरेर आएका तीन जना युवाहरुलाई प्रहरीले चेक जाँचका क्रममा मादक पदार्थ सेवन गरी नियन्त्रण बाहिर मोटरसाइकल चलाउँदै आएका उनिहरुले युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेका थिए ।त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology