Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नम्बर थोरै ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ


2.7K
Shares

नम्बर थोरै ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौँ — परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई घटना सार्वजनिक भएपछि आज प्रहरीले पक्राउ गरेको हो ।
शिक्षिका कर्मचार्यले थोरै नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएकी थिइन् ।

पक्राउ परेकी उनलाई महानगरीय प्रहरी वृत बानेश्‍वरमा राखिएको प्रहरीले जनाएको छ । उक्त एकेडेमीले पनि शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ।

प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति जारी गर्नुभएको थियो । एकेडेमीमा कर्माचार्यले सामाजिक बिषय पठाउथ्नि । कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology