Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना भाइरुसका कारण इटालीमा २४ घण्टामा ४९ को मृत्यु


2.4K
Shares

कोरोना भाइरुसका कारण इटालीमा २४ घण्टामा ४९ को मृत्यु

एजेन्सी –कोरोना भाइरसको कारण इटालीमा २४ घण्टाभित्र ४९ जनाको मृत्यु भएको छ। अहिलेसम्म इटालीमा कोरोना भाइरसको संक्रमितबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। इटालीमा कोरोना भाइरसको संक्रमितबाट बिरामी हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ।

चीन, दक्षिण कोरिया र इरान पछि सबैभन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। शनिबार कोरोना भाइरसको कारण चीनमा २८ जनाको मृत्यु भएको छ। अहिलेसम्म चीनमा यस भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।

विश्वभर यस भाइरसको सन्त्रास फैलिएपछि फेसबुकले सिंगापुर र बेलायतको कार्यालय बन्द गरेको छ। सिंगापुरमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमित भेटिएपछि बन्द गर्ने निर्णय गरेको फेसबुकले जनाएको छ।

उनका अनुसार शुक्रबार सिंगापुरमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology