Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सेल्फी खिच्न लागेका युवकलाई तमोर नदीले बगायो


1.7K
Shares

सेल्फी खिच्न लागेका युवकलाई तमोर नदीले बगायो

धनकुटा – धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारामा सेल्फी खिच्ने पुगेका एक युवकलाई नदीले बगाएको छ । शनिबार दिँउसो नदीको छेउमा सेल्फी खिच्दै गर्दा भारतको बिहार राज्यको पूर्णिया घर भएका भारतीय नागरिक भिनित कुमारलाई नदीले बगाएको हो ।
विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology