Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको स्वाँरामा छायाङ्कन भएको म्युजिक भिडियो ‘रेलिमाई’ रिलिज


3.9K
Shares

गोरखाको स्वाँरामा छायाङ्कन भएको म्युजिक भिडियो ‘रेलिमाई’ रिलिज

गोरखाको स्वाँरा, ठोट्नेरीको चिनारी गराउने म्युजिक भिडियो बुधबार रिलिज भएको छ ।स्वाँराका गायक नवीन गुरुङ र भुम्लिचोककी गायिका कल्पना गुरुङको स्वरमा सजिएको सो म्युजिक भिडियोमा बारपाक सुलीकोट गाउँपालिका वडा नं। ३ स्वाँरागाउँ, ठोट्नेरी, सुलीकोटडाँडा, सीतागुफा आदिको दृष्यलाई प्रवद्र्धन गरिएको छ ।

सो म्युजिकभिडियो अठारसयखोला प्रोडक्शन प्रालिले निर्माण गरेको हो ।वीरबल घले(बिरुप)ले निर्देशन गरेका सो म्युजिक भिडियोमा गोरखाकै कलाकारहरु वीरबल घले (बिरुप), उर्मिला गुरुङ, रोमन राना, सबिना गुरुङ, नवीन गुरुङले नृत्य तथा अभिनय गरेका छन् ।

मरुभूमि नारायणले छायाङ्कन गरेका सो म्युजिक भिडियोको कोरियोग्राफर पर्सन गुरुङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology