Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल टेलिकम डाटा नचलेर हैरान हुनुहुन्छ : यो हेर्नुहोस..


2.4K
Shares

नेपाल टेलिकम डाटा नचलेर हैरान हुनुहुन्छ : यो हेर्नुहोस..

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पोलिसी एन्ड चार्जिङ रुल्स फंसन (पीसीआरएफ) सिस्टमबाट जीएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पीसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो ।

पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरूपमा प्रयोग गर्नसक्ने भएका छन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी (थ्रिजी) फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology